Logo

कमलादेवी ! अमेरिकी पहिलो महिला उपराष्ट्रपति



काठमाडौं, कार्तिक २५ । नामै कमलादेवी । दक्षिण एसियाली नाम । सङ्घर्षले उठाएको कद । मावली भारत रहेकी कमलादेवी अमेरिकामा उपराष्ट्रपति, त्यो अपार सम्भावना तर सङ्घर्षको गाथा कति कति ।

संयुक्त राज्य अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनबाट इतिहास रच्दै पूर्व हार्वर्ड विद्यार्थी ५६ वर्र्षीया अश्वेत महिला कमलादेवी ह्यारिस उपराष्ट्रपति बन्न सफल हुनुभएको छ । विश्व शक्तिराष्ट्र अमेरिकामा भएको उहाँको यो जितले विश्वभरकै महिला वर्गमा फरक खुसी छाएको छ । आफूलाई अमेरिकाको उपराष्ट्रपतिसँगै सिनेटर, कसैकी पत्नी, आमा र अधिकारकर्मीका रूपमा उनले परिचय सार्वजनिक गरेकिछन् ।

हुन त अमेरिकाभन्दा अघि नै धेरै मुलुकमा महिला राष्ट्रप्रमुख भइसकेका छन् तर अमेरिकामा भने कमलादेवी नै महिलाबाट पहिलो उपराष्ट्रपति बनेकी हुन् । संयोग कस्तो भने महिलाले मतदान गर्न पाएको एक सय वर्षपछि उनी उपराष्ट्रपति बनेकी छन्। लामो राजनीतिक इतिहासमा महिला राष्ट्रपति भएको त अमेरिकी इतिहासै छैन । चार वर्षअघिको निर्वाचनमा हिलारी क्लिन्टन निर्वाचित हुने व्यापक आशा गरिए पनि अन्तिम समयमा उनी पराजित भएकी थिइन् । राष्ट्रपतिको उम्मेदवार भने उहाँ पहिलो हो ।

कमलादेवीको यस पटकको यो विजयले चार वर्षअघि राष्ट्रपति पदमा हिलारीको हारको चोट थोरै भए पनि मत्थर गराउन सकेको महसुस गरिएको छ । तथ्याङ्क अनुसार अमेरिकामा पुरुषको तुलनामा महिला मतदाता बढी छन् । जसको पुष्टि सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ६३।३ प्रतिशत महिलाले मतदान गरेबाट हुन्छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्