Logo

बैंकिङ कसुरमा संलग्न पक्राउ



काठमाडौं, २५ कात्तिक । बैंकिङ कसुरमा संलग्न एक युवालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बानेश्वरबाट बैंकिङ कसुरमा संलग्न सप्तरी वलान–बिहुल रामनगर घर भएका ३२ वर्षीय प्रसाद साह पक्राउ परेका हुन् ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजमा एमबिबिएस अध्ययन गर्दा लाग्ने प्रथम किस्ता बापतको रकम १३ लाख ४१ हजार रुपैयाँ भुक्तानीको लागि साहले महालक्ष्मी बिकास बैंक बानेश्वर शाखाको चेकबाट काठमाडौं बिश्वबिद्यालयको खाता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बनेपा काभ्रेपलाञ्चोक शाखामा दिएकोमा उक्त खातामा पर्याप्त रकम मौज्दात नभई चेक बाउन्स भएको घटनामा संलग्न उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्