Logo

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ



काठमाडौं, २५ कात्तिक । कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त झापा मेचीनगर नगरपालिका–७ आर्यावारी घर भएका ३३ वर्षीय हरि तथा सनोज भन्ने राम कुमार गिरीलाई घटनाको १६ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं रानीबारी बस्ने चितवन कठार घर भएका १८ वर्षीय जीवन लोहनीको २०६१ माघ १९ गते साँझ काठमाडौं सामाखुशीमा हत्या गरेको घटनामा संलग्न रहेको मुद्धामा जिल्ला अदालत काठमाडौं २०६४ असार ११ गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका गिरीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–७ बाट पक्राउ गरेको जनाएको छ ।

उक्त घटना पश्चात गिरी केही समय विदेश समेत बसी पुनः नेपाल आई सनोज गिरीको नामबाट नेपालका विभिन्न स्थानमा लुकिछिपी बस्ने गरेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको उक्त महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्