Logo

यी आकर्षक प्रहरीबाट गिरफ्तार हुन चाहने हजारौ



धेरै मानिसहरु प्रहरीको नजिक पर्न चाहान्नन् र प्रहरीबाट टाढा हुन चाहान्छन् । तर, जर्मनीमा भने एक प्रहरी अफिसरबाट टाढा हुन कोही चाहँदैनन् । जर्मनीका सीनियर प्रहरी कमिस्नर एड्रिएन कोलेसजर सुन्दर भएको कारण मानिसहरु उनलाई पटक–पटक देख्न चाहान्छन् । धेरैले चाहाने भएकोले प्रहरीसँग कोही भाग्दैनन र नजिक पर्न चाहन्छन् ।

सुन्दर प्रहरी अफिसरको अगाडि उनका फ्यानहरुले गाडिको गति बढाउने गर्छन ताकी गिरफ्तार हुन सकियोस । उनको उमेर जम्मा ३१ वर्षको छ र उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । एड्रिएनले दैनिक आफ्नो फिट शरीरको फोटो सामाजिक सञ्जालमा राख्दै आएकी छिन् सबैजना उनको फोटो हेरेर नै पागल भएका हुन् । उनको सामाजिक सञ्जालमा १ लाख भन्दा धेरै फलोअर्स रहेका छन् ।

हालसम्म अविवाहित उनले आफ्नो ड्युटीको साथमा २८ वर्षका प्रेमीलाई पनि पूरै समय दिने गरेकी छिन् । उनले सधै आफ्नो स्वास्थ्यमा ध्यान दिन्छिन् । जिममा खास उनले हिपमा ध्यान राखेर अभ्यास गर्नेगर्छिन् । प्रहरी अफिसरले आफ्नो फोटो पुरुषहरुको लागि नभएर महिलाहरुको लागि राख्ने गरेको बताउँदै आएकी छिन् । साथै उनले आफु सबै कुरामा ठ्याक्कै नभएपनि आफ्नो जीवनमा खुशी भएको बताएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्