Logo

कोरोनाविरुद्धको रुसी भ्याक्सिन ‘९२ प्रतिशत प्रभावकारी’



एजेन्सी, २६ कात्तिक । रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । अन्तरिम परीक्षणका क्रममा भ्याक्सिन यो हदसम्म प्रभावकारी भएको रुसले जनाएको हो ।

बुधबार रुसको वेल्थ फन्डले भ्याक्सिनको प्रभावकारिताको प्रतिशतबारे उल्लेख गरेको हो । १६ हजार स्वयंसेवीमाथि परीक्षण पछि रुसले विश्वभर भ्याक्सिनको बजारीकरण गरिरहेको छ । विश्वभर स्पुतनिक भीको माग बढिरहेको छ ।

रुसले आकस्मिक अवस्थाका लागि भ्याक्सिनको प्रयोग शुरु गरिसकेको छ । अब रुसको दुर दराजसम्म भ्याक्सिनको प्रयोग हुने बताइएको छ ।

अमेरिकी कम्पनि फाइजरले भ्याक्सिनको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी गरेलगत्तै रुसले आफ्नो भ्याक्सिनको प्रभावकारिता अझ बढी रहेको दाबी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्