Logo

६३ वर्ष प्रवेश गर्दै हरिवंश आचार्य



काठमाडौं, २७ कात्तिक । नेपाली हास्यव्यंग्यका महान हस्ती हरिवंश आचार्यको आज ६३ औं जन्मदिन हो । उनले आजबाट ६२ वर्ष पार गरी ६३ वर्षमा पाइला राख्दै छन् । काठमाडौंमै जन्मिएर हुर्किए पनि आचार्यले बाल्यकालमा धेरै दुःख भोगेका छन् । कलिलो उमेरबाट कलाकारितामा लागेका आचार्य हालसम्म सक्रिय छन् । बहुप्रतिभाको धनी आचार्य गीत लेख्ने र गाउँन पनि पोख्त छन् ।

उनले गाएका गीतहरु हाम्री आमा, साझा बसमा, सारङ्गी रेटौला जस्ता गीत लोकप्रिय छन् । उनले चिना हराएको मान्छे जस्तो राम्रो किताब लेखेर लेखनमा पनि अब्बल भएको परिचय दिएका छन् । हास्यटेलि श्रंखलामा दमदार अभिनय गर्ने भएकै कारण लोकप्रिय पात्र बनेका आचार्य हरी बहादुरको नामले पनि दर्शकमाझ परिचित छन् ।

बाबु पण्डित भएकोले आचार्यलाई पनि पण्डितै बनाउने चाहाना बुवाले राखेको कारणले उनलाई संस्कृत स्कुलमा भर्ना गरिएको थियो । साथीहरु सबैजना अंग्रेजी पढ्ने भएकोले उनलाई पनि सस्कृत पढ्न मन लाग्ने थिएन् । यद्यपि संस्कृत नै पढिरहेका थिए । ६ वर्षको उमेरमा बुबा र ११ वर्षको उमेरमा आमाको निधन भएपछि दिदिहरु उनको साहारा बने ।

पछि उनले संस्कृत पढ्न छाडेर पद्योदयमा कक्षा ५ मा भर्ना भए । २०३२ सालमा एसएलसी दिएका उनले २ पटक फेल भए र तेस्रो पटक तेस्रो डिभिजनमा पास गरे । २०४० मा उनले मीरा आचार्यसँग विवाह गरे । उनीहरुको २ छोराहरु त्रिलोक र मोहित आचार्य छन् । २०११ मा हृदयघातको कारण मीराको मृत्यु भएपछि रमिला पाठकसँग २०६९ मा दोस्रो विवाह गरेका थिए ।

तस्वीरः हरिवंश आचार्यको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्