Logo

काजल अग्रवालले विवाह अगाडी गौतम किचलुसँग राखेका यी शर्त



एजेन्सी, २७ कात्तिक । बलिउड अभिनेत्री काजल अग्रवाल भर्खरमात्र आफ्ना प्रेमी गौतम किचलुसँग विवाह बन्धनमा बाधिएकी छिन् । काजलले ३० अक्टोबरमा व्यवसायी गौतम किचलुसँग विवाह गरेकी हुन् । उनीहरुको मुम्बई स्थित ताज महलको प्यालेसमा विवाह सम्पन्न भएको थियो । काजलको विवाहको तस्वीरहरु सामाजिक सञ्जालमा भरिएका थिए ।

हाल उनीहरु मालद्धिपमा हनीमुन मनाइरहेका छन् । हनीमुन मनाउँदै गरेको तस्वीर र भिडियो उनले सेयर गरेकी थिइन् । फोटो सेयर गर्दै काजलले विवाह गर्नु अगाडी एक शर्त राखेको बताएकी छिन् । काजल यदि उनको शर्त पुरा नभएमा उनीसँग विवाह नगर्ने सम्म भएको खुलाशा गरेकी छिन् ।

उनले एक अन्र्तवार्ताको क्रममा भनिन्, ‘गौतमले आफ्ना बुवा आमासँग कुरा गरेपछि घुँडा टेक्न बाध्य तुल्याए । मैले यो सबैकुरा उनलाई चिढाउँनको लागि गरेको थिए । यदि तिमीले घुँडा टेकेर बसेका छैनौ भने विवाह गर्दिन् । तर, उसले मेरो कुरा मान्यो ।’

केहि दिन अगाडी काजलले अचानक विवाहको निर्णय गरेकी थिइन् । उनीहरु ३ वर्षदेखि गहिरो प्रेममा थिए । काजलले प्रेम प्रंसगमा कुरा गर्दै ३ वर्षदेखि प्रेममा रहेको र ७ वर्षदेखि मित्रता भएको बताएकी छिन् । उनले सामाजिक पार्टीमा होस् वा कुनै कामसम्बन्धि बैठकमा सधै सँगै हुने गरेको पनि जानकारी दिएकी थिइन् । लकडाउनको समयमा केही हप्ता भेट हुन नपाएकोले पनि विवाह गर्नुपर्ने आवश्यकता महसुस भएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्