Logo

ब्रिटानियाका मजदूर आन्दोलित, उत्पादन ठप्प



वीरगंज, २७ कात्तिक । वीरगंज महानगर–२१ स्थित बहुराष्ट्रिय कम्पनी ब्रिटानिया नेपाल प्रालिले १२ जना मजदूरलाई कामबाट निकालेको विरोधमा मजदूरहरु हडतालमा उत्रिएका छन् । चार दिनदेखि उद्योगको गेट अगाडि मजदूरहरुले धर्ना दिंदै प्रदर्शन गरिरहेका छन् ।

उद्योग व्यवस्थापन पक्षले १२ जना स्थायी मजदुरहरूलाई गैरकानुनी ढंगले निकालेपछि उनीहरुको पुनबहालीको माग गर्दै डेढ सय मजदूरहरुले आन्दोलनमा उत्रिएका कारण कारखानाको उत्पादन ठप्प भएको श्रमिक संघ इकाई अध्यक्ष राजेश्वर महतो जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्