काठमाडौं, २८ कात्तिक । आर्थिक अभावमा शल्यक्रिया रोकिएका एक वर्षीय रियान महराको लागि सहयोग जुटेको छ । आर्थिक अभावमा टाउकोको शल्यक्रिया रोकिएपछि रिपोर्टर्स नेपाल डट कमले समाचार प्रकाशित गरेपछि उनका लागि सहयोग जुटेको हो । अब उनको आज विहान ९ बजेपछि शल्यक्रिया हुने भएको छ ।
रियानका लागि हालसम्म ४४ हजार सहयोग जुटेको छ । रियानको शल्यक्रियाको खर्च समाजसेवी शोभा पाठकले व्यहोर्ने भएकी छिन् । उनले बिहिबार ३० हजार रुपैयाँ सहयोग गरेकी छिन् । अन्य व्यक्तिहरुले पनि सहयोग गरेका छन् ।
कोरोना भाइरसलाई आठौं दिनमा जितेर पाठक नेपाल मेडिकल कलेज अत्तरखेल पुगेर रियानका बाबुआमा टेकबहादुर महरा र दीपा महरालाई रकम हस्तान्तरण गरेकी थिइन् । रियानलाई सहयोग गर्न चाहनेहरु धमाधम देखिएका छन् ।

टाउकोमा पानी जमेर नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचाररत कञ्चनपुर कृष्णपुर नगरपालिका ९ राजघाटका रियानका आमाबाबुले खर्चको व्यवस्था गर्न नसकेपछि आज हुनुपर्ने शल्यक्रिया रोकिएको थियो । तीन चरणको शल्यक्रिया गर्नुपर्नेमा रियानको दुई चरणको शल्यक्रिया सफलता भइसकेको छ । तेस्रो चरणको शल्यक्रिया सफल भएमा उनी सामान्य अवस्थामा फर्कने चिकित्सकको भनाई छ । तर, बिहिबार विहानका लागि तय भएको शल्यक्रिया खर्च व्यवस्था नहुँदा शुक्रबारका लागि सारिएको थियो ।
काठमाडौं मेडिकल कलेजमा दुई हप्ता उपचारपछि रियाको अवस्था सुध्रिएको छ । उनीहरुले सहयोगको आव्हान समेत गरेका छन् । सहयोगका लागि दीपा महराको मोबाइल नम्बर ९८०६४७६४८६ र टेकबहादुर महराको नम्बर ९८२४५६७१९७ का अलावा समाजसेवी शोभा पाठकको सम्पर्क नम्बर ९८६०६७६४११ सम्पर्क गर्न सकिनेछ । सहयोगका लागि दीपा रोकायाको राष्ट्रिय वाणिज्य बैकको खाता नम्बर ४२१०१००००२१९२०१० मा रकम जम्मा गर्न सकिनेछ । उनीहरु दुई हप्तायता जोरपाटीस्थित अस्पतालको आइसीयुको विरामी कुरुवा कोठामा छन् ।




प्रतिक्रिया