Logo

कोरोनामा सरकारी नीतिः संक्रमित पनि संक्रमणमुक्त



दाङ, कार्तिक २८ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका विपीन रावत (नाम परिवर्तन) कोरोना संक्रमण भएको महिना दिन नाघिसक्यो। यो अवधिमा उनले तीनपटक कोरोना परीक्षण गराइसके। तर तीनैपटकको परीक्षणमा उनि कोरोना संक्रमित देखिए। महिना दिनदेखि होम आइसोलेसनमा रहेका उनी कोरोना संक्रमण भएकै कारण घरबाहिर निस्केका छैनन्। तर सरकारले भने उनलाई संक्रमणमुक्त भैसकेको भनेर घोषणा गरिसकेको छ। उनी संक्रमण भएको १४ दिनपछि नै उनी सरकारको ‘डिष्चार्ज’ सूचीमा परिसकेका छन्।

आफू कोरोना संक्रमित रहिरहे पनि सरकारले निको भइसकेको तथ्यांकमा सूचीकृत गरेको सुनेपछि उनी अचम्मीत छन्। ‘अब म सरकारको घोषणाअनुसार संक्रमित रहिन, तर कोरोना जाँचको रिपोर्टअनुसार म अहिले पनि संक्रमित नै हुँ,’ विपीनले भने, ‘म सरकारको घोषणालाई आधिकारिक मानुँ या आफ्नो स्वास्थ्य जाँचको रिपोर्ट?’

घोराही १२ हापुरकी नमिता शर्मा तीन साताअघि कोरोना संक्रमित भइन्। संक्रमण भएको १४ दिनपछि उनले पुनः परीक्षण गराइन्। उनलाई योपटक पनि कोरोना संक्रमणनै देखियो। आफूलाई कोरोना संक्रमण भएयता तीन सातादेखि होम आइसोलेसनमा रहेकी उनी पनि सरकारको नजरमा भने अब कोरोना संक्रमणमुक्त भइसकेकी छिन्। ‘म त कोरोना जाँच गरेर आएको रिपोर्टका आधारमा अहिले पनि कोरोना संक्रमित नै हुँ,’ उनले भनिन् ‘आफू संक्रमित भएकै कारण घर परिवारका सदस्यसँग पनि छोइएकी छैन।’

‘अब म सरकारको घोषणाअनुसार संक्रमित रहिन, तर कोरोना जाँचको रिपोर्टअनुसार म अहिले पनि संक्रमित नै हुँ। म सरकारको घोषणालाई आधिकारिक मानुँ या आफ्नो स्वास्थ्य जाँचको रिपोर्ट?’

यी प्रतिनिधि पात्र हुन्। पटकपटकको चेकजाँचका क्रममा पनि कोरोना संक्रमण देखिएका कैयौं संक्रमितहरुलाई सरकारले निको भइसकेको तथ्यांकमा सूचीकृत गर्ने गरेको छ। सरकारको पछिल्लो नीतिअनुसार कोरोना संक्रमितहरु १४ दिनपछि सरकारको तथ्यांकमा स्वतः संक्रमण मुक्त बनेको उल्लेख हुन्छन्। सरकारको यसै नीतिलाई टेकेर दाङबाट पनि कैयौं संक्रमितहरुको नाम संक्रमणको सूचीमा उल्लेख भएर स्वास्थ्य मन्त्रालयसम्म पुग्ने गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्