Logo

शोभाको सहयोगपछि बालकको शल्यक्रिया सफल, आमाले यसरी पोखिन् पीडा (भिडियोसहित)



काठमाडौं, २८ कात्तिक । आज एक वर्षीय बालक रियान महराको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । आर्थिक अभावले शल्यक्रिया रोकिएकोमा समाजसेवी शोभा पाठकले सहयोग गरेपछि आज नेपाल मेडिकल कलेज अत्तरखेलमा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

पाठकले शल्यक्रियाका लागि लाग्ने खर्च ३० हजार सहयोग गरेकी थिइन् । उनले शल्यक्रिया सफल भएकोमा खुशी व्यक्त गर्दै औषधी र अस्पतालमा लाग्ने यसपछिका खर्चका लागि पनि सहयोग गर्ने बताइन् । बालकको जीवन जोगिएकोमा म खुशी छु, भविष्यमा यो बच्चा देशका लागि ठुलो योगदान गर्ने होस् भन्ने मेरो कामना छ, शोभा पाठकले भनिन् ।

कोरोना भाइरसलाई आठौं दिनमा जितेर पाठक नेपाल मेडिकल कलेज अत्तरखेल पुगेर रियानका बाबुआमा टेकबहादुर महरा र दीपा महरालाई शल्यक्रियामा लाग्ने रकम हस्तान्तरण गरेकी थिइन् । रियानका लागि थप सहयोगहरु पनि जुटिरहेको छ । विहानबाट शुरु भएको शल्यक्रिया दिउँसो सम्पन्न भएको थियो ।

भिडियोका लागि तल क्लिक गर्नुहोस्ः

टाउकोमा पानी जमेर नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारत कञ्चनपुर कृष्णपुर नगरपालिका ९ राजघाटका रियानका आमाबाबुले खर्चको व्यवस्था गर्न नसकेपछि बिहिबार हुनुपर्ने शल्यक्रिया रोकिएको थियो । तीन चरणको शल्यक्रिया गर्नुपर्नेमा रियानको दुई चरणको शल्यक्रिया सफल भइसकेको छ । तेस्रो चरणको शल्यक्रिया सफल भएपछि उनी अब विस्तारै सामान्य अवस्थामा फर्कने चिकित्सकको भनाई छ ।

नेपाल मेडिकल कलेजमा दुई हप्ता उपचारपछि रियनाको अवस्था सुध्रिएको थियो । रियानका आमाबाबुले अझै खर्च लाग्ने भन्दै सहयोगको आव्हान समेत गरेका छन् । सहयोगका लागि दीपा महराको मोबाइल नम्बर ९८०६४७६४८६ र टेकबहादुर महराको नम्बर ९८२४५६७१९७ का अलावा समाजसेवी शोभा पाठकको सम्पर्क नम्बर ९८६०६७६४११ सम्पर्क गर्न सकिनेछ । सहयोगका लागि दीपा रोकायाको राष्ट्रिय वाणिज्य बैकको खाता नम्बर ४२१०१००००२१९२०१० मा रकम जम्मा गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्