Logo

पार्टीभित्रको विवादबारे विष्णु रिजालसँग ऋषि धमलाको विशेष कुराकानी, माधव नेपालले के गर्लान् ? (भिडिओसहित)



काठमाडौं, १ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभागका उपप्रमुख विष्णु रिजालले आजको दिनमा नेकपा फुटको संघारमा भनियो भने त्यो गलत हुने टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीभित्र देखिएका समस्या समाधानको लागि नेताहरु यतिवेला छलफलमा जुटेकोले फुटको दिशातिर नजाने स्पष्ट पारेका छन् । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा ल्याएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुपर्ने बताउँदै त्यसको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली छलफलको लागि तयार हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले नेताहरुसँग गर्ने छलफललाई कसैले पनि अन्यथा मान्न नहुने जिकिर गरे । रिजालले प्रधानमन्त्री ओलीमा सहकार्यका साथ अघि बढ्ने स्वभाव रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्