Logo

‘जनस्वास्थ्यको मापदण्ड पालना भएन, पूनः लकडाउनको आवश्यकत्ता देखियो’



मधु धमला क्षेत्री : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) बाट नेपालपनि आक्रान्त छ । नेपालमा सुरुदेखि नै जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा अवस्था दिनप्रतिदिन झनै भयावह बन्दै गएको छ । हामीले हालै दशैं, तिहार ठूला चाडलाई विदाई गरेका छौं । अब छठ आउँदैछ । चाडपर्वको बेलामा शहरमा किनमेलको ठूलो भीड, गाउँघरमा बाक्लो आवातजावातले गर्दा पनि कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । अहिलेपनि नेपालमा अवस्था भयभित नै छ । लकडाउन हटाएको आज यत्तिका दिन भएको छ । यो अवधिमा नागरिकस्तरबाट जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना नहुनु दुःखद् पक्ष हो ।

पछिल्लो समय कोरोना भनेको केही पनि होईनजस्तो गरि हेलचेक्र्याँई बढेको छ । यसले अवस्था झनै डरलाग्दो बनाएको छ । देशभरि आईसोलेसन सेन्टर र क्वारेन्टिन पनि व्यवस्थित् नहुनु अर्को दुःखद् पक्ष हो । आज युरोपका विभिन्न देशमा कोरोनाको तेस्रो लहर देखिएको छ । ती देशमा पूनः कडा लकडाउन लगाईएको छ । नेपालमा अब परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकत्ता महशुस गरिएको छ । सामूदायिकस्तरमै परीक्षण गरिने हो भने संक्रमितहरुको संख्या बढ्ने निश्चित् छ । बास्तवमा कोरोनालाई नियन्त्रण र रोकथाम गर्ने हो भने नागरिक नै सचेत बन्नुपर्छ । सबैभन्दा उत्तम विकल्प भनेको नै यही हो । दोस्रो कुरा, सरकारले पनि आवश्यक नीति तथा नियमहरु लागु गर्नुपर्ने हुन्छ ।

सरकारले आजको मितिसम्म आफ्नो साधन र स्रोतले भ्याएसम्मका कामहरु गरिरहेको छ । तीनै तहका सरकारबीच उच्च समन्वय देखिएको छ । सरकारले अविलम्ब पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ । र, जुन समूदायमा बढि संक्रमित देखिन्छन्, त्यहीँ कडा किसिमको लकडाउन लगाउनुपर्छ । त्यसको विकल्प छैन् । लकडाउन भन्नेबित्तिकै यसअघि सरकारले गरेजस्तो देशव्यापी लकडाउन नभएर संक्रमणको जोखिम र अवस्था हेरेर निश्चित् क्षेत्रमा मात्रै गर्नुपर्छ । मौसमको हिसाबले पनि अहिले हाम्रो लागि प्रतिकुल अवस्था छ । विज्ञहरुले पनि जाडो याममा भाइरस झन धेरै सक्रिय हुने आँकलन गरेका छन् । अहिलेको सिजन नै मौसमी रुघाखोकीको हो । यस्तो अवस्थामा सबै सचेत नागरिकले आवश्यक सचेतना अपनाउनुपर्ने हुन्छ । र, साथै सचेतना पनि अभिवृद्धि गर्नुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस्