Logo

सहमति नभए बहुमत/अल्पमतबाट निर्णय हुन्छ : लिलामणि पोखरेल (भिडिओसहित)



काठमाडौं, ५ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ं का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले पार्टीको पछिल्लो विवाद सहमतिका साथ टुँगोमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने र पार्टी कमिटी बैठकहरु बस्नु नै सकारात्मक भएको पनि पोखरेलले जनाए । उनले भने,‘अहिले सुखद पक्ष के हो भने बैठक बस्ने भएका छन् । यी सबै कुराहरु सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल हुन्छ र छिनोफानो हुन्छ ।’ अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि लगाएको आरोप बैठकपछि टुँगो लाग्ने पनि उनले विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्