Logo

प्रचण्ड किन सर्वनाश र आफ्नो पतनको बाटोतिर जानुभयो भन्ने गम्भीर चिन्ताको विषय हो : थापा (भिडिओसहित)



काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्तावलाई अराजनीतिकको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । उनले भने,‘त्यसो भएको हुनाले यी हमला, सरकारविरुद्धका घेराबन्दी, आलोचना, तथ्यहिन आलोचनाको सिर्जनाको कारखाना खुमलटारमा रहेछ, उहाँले त्यो कारखाना सञ्चालन गरिरहनुभएको रहेछ, यस ढंगको अनैतिक काममा उहाँ संलग्न हुनुहुँदो रहेछ भन्ने कुरा यो अराजनीतिक दस्तावेजले प्रस्तुत गरेको छ । सरकाविरुद्ध जुन खालका आरोपहरु लगाईएका थिए, दुस्प्रचार भएका थिए, त्यसको मुख्य निर्देशक उहाँ हुनुहुँदो रहेछ भन्ने कुरा त्यो अराजनीतिक प्रस्तावले देखाएको छ ।’ उनले अघि भने,‘यो असाध्यै अनैतिक, असाध्यै दिवालियापन, असाध्यै वैचारिक टाट पल्टाईको विषय हो । उहाँ यस ढंगले किन चाहीँ यो सर्वनाशको बाटोतिर, आफ्नो पतनको बाटोतिर जानुभयो ? भन्ने चाहीँ गम्भीर चिन्ताको विषय हो ।’



प्रतिक्रिया दिनुहोस्