Logo

अजय देवगन र अमिताभको फिल्ममा रकुलप्रीत सिंहको प्रवेश



एजेन्सी, ५ मंसिर । बलिउड अभिनेता अजय देवगनले फेरी एकपटक फिल्मको निर्देशन गर्ने भएका छन् । नयाँ फिल्म ‘मेडे’ मा अजयले अमिताभ बच्चनलाई निर्देशन गर्दैछन् । यो फिल्ममा अभिनेत्री रकुलप्रीत सिंहले पनि प्रवेश पाएकी छिन् । समाचार अनुसार रकुलप्रीत सिंह यस फिल्ममा पाइलटको भुमिकामा देखिने भएकी छिन् । फिल्मको निर्देशन अजय देवगनले गर्नेछन् भने निर्माण पनि उनी आफैले गर्ने भएका छन् ।

डिसेम्बर महिनाबाट सुरु हुने यस फिल्मको सुर्टिङको सुरुवात हैदरावादबाट हुनेछ । अजय र अमिताभको आउँने फिल्म ‘मेडे’ एक थ्रिलर हुनेछ, जसमा २ कलाकार दमदार रुपमा प्रस्तुत हुनेछन् । अमिताभ र अजय दुवैजना एकसाथ भएको फिल्म धेरैले हेर्न मन पराउँछन् । यी दुवैले मेजर साहेब, खाकी र सत्याग्रह जस्ता फिल्ममा सँगै काम गरेका छन् ।

अजय देवगन र रकुलप्रीत सिंहले फिल्म ‘दे दे प्यार दे’ मा सँगै काम गरेका थिए । फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो ।



प्रतिक्रिया दिनुहोस्