Logo

कपिल शर्मा दोस्रो सन्तानको पिता बन्दै



एजेन्सी, ५ मंसिर । कमेडीका बादशाह कपिल शर्माको घरमा खुशी भित्रदै छ । कपिल शर्मा फेरि पिता बन्दैछन् । कपिलको पत्नी गिन्नी चतरथ दोस्रो पटक गर्भवती भएकी छिन् र अब आउने जनवरीमा उनले बच्चालाई जन्म दिदैँछिन् । हाल कपिलकोे ११ महिनाको एक छोरी छिन् उनको नाम अनायरा शर्मा हो ।

टाइम्स अफ इन्डियाको खबर अनुसार कपिलको एक सुत्रले गिन्नी फेरी आमा बन्दै गरेको बताएका हुन् । २०२१ मा उनले बच्चाको जन्म दिदैँछिन् । यो खुशीको विशेष समयमा बुहारीको ध्यान राख्न कपिलकी आमा पनि मुम्बई आइसकेकी छिन् ।

करवाचौथको अवसरमा एक भिडियोमा गिन्नीलाई पनि देखाइएको थियो । भिडियोमा उनको गर्भवती अवस्थाको बढेको पेट स्पष्ट देखिएको थियो । तर, हालसम्म भने कपिलले कुनै आधिकारीक जानकारी दिएका छैनन् ।

कपिलले दिवालीको विशेष दिनमा परिवारसहितको एक तस्वीर सेयर गरेका थिए, जसमा कपिलले छोरी बोकेर उभिएका छन् भने गिन्नी कुर्सीको पछाडी बसेकी छिन् । फोटो देखेर पनि जो कसैले गिन्नीले आफ्नो बढेको पेट लुकाएको बुझ्न सकिन्छ । गिन्नी र कपिलको विवाह डिसेम्बर २०१८ मा विवाह भएको थियो ।



प्रतिक्रिया दिनुहोस्