Logo

कंगना रनौटले विवाह पूर्व सम्बन्धमा गरेको ट्विट भाइरल



एजेन्सी, ५ मंसिर । कंगना रनौट ट्विट गरेपछि सधै जसो चर्चामा हुन्छिन् । सुशान्त सिंह राजपुतको केससँगै कंगना निरन्तर विवादमा आइरहेकी छिन् । हाल कंगनाले विवाहपूर्वको सम्बन्धको बारेमा ट्विट मार्फत रोचक अभिव्यक्ति दिएकी छिन् । यसले उनलाई फेरि विवादमा तानेको छ ।

उनले ट्विटमा लेखेकी छिन्, ‘यो देख्न पाउँदा रमाइलो लागिरहेछ कि सबै वैमनस्यतावादी र आत्मघाती झुकाववादी नारीवादीहरुले विवाहपूर्व शारीरिक सम्बन्धहरुमा कसरी झेलिरहेका छन् । केही सम्माननीय व्यक्तिहरुले शारीरिक सम्बन्धको बारेमा कुरा गरिरहेका छन् भन्ने तर्क गरिरहेका छन् । यो सबै भिक्टोरियन र महिलाको यौन सम्बन्धको इस्लामिक दृष्टिकोणको साथमा भइरहेको छ ।’

उनको यो ट्विटको जवाफ दिदै एक प्रयोगकर्ताले गरेका छन् । ‘विवाह पुर्वको सम्बन्ध बनाउने सस्कार हाम्रो होइन् । के तपाइँ सनातन धर्मको विरुद्ध हो ।’ कंगना हाल हैदरावादमा फिल्म थलाइवीको सुर्टिङमा व्यस्त छिन् । पछिल्लो समयमा उनको सानो भाई अक्षतको विवाह भएको थियो । भाईको विवाहमा कंगनाले परिवारसँग समय बिताएकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्