Logo

पूजा गर्नुभन्दा पहिला गर्नैपर्ने यी नित्यकर्म



यदि घर वा मन्दिरमा दैनिक पूजा गर्छौं भने हामीले केही नियमको पालना गर्नु आवश्यक हुन्छ । नियम नै धर्म हो र धर्म नै जीवन हो । त्यसकारण कुनै पनि कार्य नियमसंगत गर्नुपर्छ । आज हामी पूजा गर्नु भन्दा पहिला के के काम गर्नु जरुरी हुन्छ त्यसको बारेमा चर्चा गर्छौ ।

शौचः शौच अर्थात शुचिता, शुद्धता, शुद्धि, विशुद्धता, पवित्रता र निर्मलता । शौचको अर्थ शरीर र मन बाहिर र आन्तरिक पपित्रतासँग हुन्छ । शौचको अर्थ राम्रोसँग मल मुत्र त्याग्नु पनि हो । जब व्यक्ति शरीर, मन, वचन र कर्मबाट शुद्ध रहन्छ तब उसको शरीरमा सकरात्मक उर्जा र देवताको आर्शीवाद प्राप्त हुन्छ ।

नुहाउँनुः पूजा गर्नु अगाडी शरीरलाई शुद्ध गर्नुपर्छ । माटो, त्रिफला वा नीम लगाएर निर्मल जलले स्नान गर्दा छाला एवं अंग शुद्ध हुन्छन् । १० छिद्रलाई सफाई गर्नुपर्छ । १० छिद्र मध्ये आँखा, नाक, कान, मुख, नाभि र गुप्तांग हुन् ।

धोतीः कुनै पनि समयमा पूजा वा आरती गर्दा शरीरमा सेतो कपडा धारण गर्नुपर्छ । यो प्राचिन समयदेखि चलिआएको नियम हो । हिन्दु धर्ममा कुनै पनि प्रकारका पुजा–अर्चना गर्दा श्रद्धालुले धोती लगाउँनु अनिवार्य छ । धोती बिना पूजा कर्मकान्ड पूर्ण नहुने मान्यता छ ।

शुद्धि तथा आचमनः मन्दिर प्रवेश गर्नुपुर्व एक पटक शरीर शुद्ध गर्नुपर्छ । प्रत्येक मन्दिरको प्रागंणमा जलको उचित व्यवस्था हुनुपर्छ । जहाँ, मानिसहरु बसेर राम्रोसँग आफुलाई शुद्ध गर्न सक्छन् । यदि कुनै मन्दिरमा जलको व्यवस्था नभएमा मन्दिरको दोष हुन्छ । शुद्धि पछि आमचन गर्ने विधान फरक छ । आमचनको अर्थ जल पिउनु हुन्छ । प्राथना, दर्शन, पूजा, यज्ञ आदी आरम्भ गर्नुपुर्व शुद्धिको लागि मन्त्र पढ्दै जल पिउनु आमचन हो । यसबाट ह्दयको शुद्धता हुन्छ । धार्मिक कथा अनुसार

 



प्रतिक्रिया दिनुहोस्