Logo

‘सबै नेता बैठकको निर्णय मान्न तयार हुनुहोस’ : भीम रावल (भिडिओसहित)



काठमाडौं, ६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले पार्टी फुटाउनु भनेको आम कार्यकर्ता र जनताप्रति गद्दारी हुने भन्दै नेतृत्वलाई जिम्मेवार भएर एकताको लागि पहल गर्न आग्रह गरेका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकम दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुपर्ने र पार्टी कमिटीका बैठकले गर्ने निर्णय सबैले मान्नुपर्नेमा रावलको जोड छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पार्टीभित्रका बैठकमा नेताहरुले आफ्नो धारणा राख्न पाउने भन्दै नेकपा कसैको निजी पार्टी नभएको उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्