Logo

टेलिकमको अटम अफर सुविधामा थप परिमार्जन



काठमाडौं, ६ मंसिर । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर यही मंसिर ५ गते शुक्रबार राति १२ बजेपश्चात लागू भएको छ ।
हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याकअन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुने गरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याकअन्तर्गत रु २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी रु ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्