Logo

मिस नेपाल-२०२० का लागि स्वास्थ्य सहकार्य नेपाल मेडिसिटीसंग



काठमाडौं, ६ मंसिर । आयोजक संस्था हिडेन ट्रेजर मिस नेपाल–२०२०को मेडिकल पार्टनर रहेको नेपाल मेडिसिटी अस्पतालले शनिबार एक औपचारिक कार्यक्रमका बीच मिस नेपाल २०२०का प्रतिस्पर्धीहरुलाई स्वागत गर्दै उनीहरुको स्वास्थ्य परीक्षण गरेको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा मिस नेपाल २०२०का २१ प्रतिस्पर्धीसहित आयोजक टोलीको कोभिड–१९का लागि पिसिआर टेष्ट गरीएको हो । आगामी मङ्सिर २०मा हुने ग्राण्ड फिनाले र त्यस अघि हुने आवाशीय प्रशिक्षणमा प्रवेश गर्नु अघि पि सि आर टेष्ट गरिएको छ ।

यस वर्षको मिस नेपालमा एक नयाँ उपाधिमा समेत सुन्दरीको छनौट हुने भएको छ । मेडिसिटी मिस हेल्दी नाम दिइएको उपाधिका लागि शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक पक्षमा अब्बल प्रतिस्पर्धीको छनौट हुने र विजेतानै नेपाल मेडिसिटीको गुडविल एम्बासेडर रहने छिन् ।

माहामारीका बीचमै आयोजना हुन लागेको मिस नेपाल २०२०लाई कोभिडरहीत र समग्र आयोजक तथा सहभागीको स्वास्थ्यलाई ख्यालमा राख्दै नेपाल मेडिसिटी अस्पतालले भर्चुअल तथा भौतिक दुवै माध्यमबाट सेवा प्रदान गर्नेछ । यस अघि भने नेपाल मेडिसिटी अस्पतालले मिस वल्र्ड २०१९ कोव्युटी विथ पर्पोजकी विजेता मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्टका लागि मेडिकल पार्टनरका रुपमा काम गरिसकेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्