Logo

कोरोनाबाट आज ७ जनाको मृत्यु



काठमाडौं, ६ मंसिर । कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १३०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १६ सय ७४ थपिएका छन् । आज २३ सय २३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख १८ हजार ६ सय ३९ संक्रमित भएपनि १ लाख ९३ हजार ०३ सय २५ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन्।



प्रतिक्रिया दिनुहोस्