Logo

तिब्बतको निर्वासित सरकारका ‘प्रधानमन्त्री’ साङ्गे वाइट हाउस छिरेपछि…



एजेन्सी, ६ मंसिर । संयुक्त राज्य अमेरिकाले तिब्बतको निर्वासित सरकारलाई मान्यता दिएको छैन । तर, यसपटक उसले तिब्बतको निर्वासित सरकारका प्रधानमन्त्री लोब्साङ्ग साङ्गेलाई वाइट हाउस प्रवेश गराएको छ । साङ्गे शुक्रबार औपचारिक रुपमा वाइट हाउस प्रवेश गरेका हुन् ।

६० वर्षयता कुनैपनि तिब्बतका निर्वासित नेता हाउट हाउस प्रवेश गरकेो यो पहिलो घटना हो । तिब्बतको वासिङटनस्थित कार्यालयले जारी गरेको विज्ञप्तिमा साङ्गेले तिब्बत मामला हेर्ने सहायक सचिव रोबर्ट डेस्ट्रोलाई भेटेका छन् ।

साङ्गेको वाइट हाउस प्रवेश अमेरिकाले तिब्बतको निर्वासित सरकारलाई मान्यता दिएको घटनाका रुपमा लिइएको छ । साङ्गेलाई अमेरिकाको विदेश मन्त्रालयले निम्तो गरेको हो ।

गत अक्टोबर महिनामा साङ्गेलाई अमेरिकाले निम्तो गरेको खबर आएको थियो । यसप्रति चीनले आपत्ती जनाएको थियो । उसले चीनको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै विरोध गरेको थियो ।

अमेरिका र चीनबीच तनाव बढ्दै जाँदा साङ्गेको ह्वाइट हाउस प्रवेशलाई अर्थपूर्ण मानिएको छ । चीनले हङकङ मामलामा हस्तक्षेप गर्ने जोकोहीको आँखा झिकिदिने सम्मको धम्की दिएको छ । यस्तो अवस्थामा अमेरिकाले तिब्बतका निर्वासित सरकारलाई मान्यता दिने गरी चालेको कदमले टकराव बढाउने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्