Logo

काठमाडौंमा आज ८९९ जनामा संक्रमण पुष्टि



काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १६ सय ७४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय ९९ जना थपिएको छ ।

त्यसैगरी आज २४ घन्टामा २३२३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ९३ हजार ३ सय २५ रहेको छ । आज काठमाडौं उपत्यकामा थपिएका ८ सय ९९ जना मध्ये ३८७ महिला र ५१२ पुरुष रहेका छन् ।Photo By: Mukund Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्