Logo

ट्रम्प हारेपनि पम्पिओ अरबौं डलरको हतियार विक्री सम्झौताको दौडमा



एजेन्सी, ६ मंसिर । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले पराजय स्वीकार गर्न मात्र बाँकी छ । उनी पराजित भइसकेका छन् र त्यसको औपचारिक घोषणा हुनमात्र बाँकी छ ।

ट्रम्पले राष्ट्रपतिका रुपमा अझै डेढ महिना कार्यभार सम्हाल्नेछन् । यस अवधिमा उनको सक्रियता झनै बढेको छ । विदेशमन्त्री माइक पम्पिओ विदेश भ्रमणमा व्यस्त छन् । शनिबार उनी संयुक्त अरब इमिरेट्सका राजकुमार मोहम्मद विन जायद अल नयानसँग भेट्दैछन् । अबुधाबीमा हुने भेटमा २३ अर्ब ३० करोड डलरको हतियार सम्बन्धी सम्झौताको टुंगो लाग्ने बुझिएको छ ।

युएइले इजरायलसँगको सम्बन्धलाई सहज बनाइसकेको छ । त्यसलगत्तै उसले अमेरिकाबाट हतियार खरिद गर्ने बाटो समेत सहज भएको छ ।

२५ खर्ब नेपाली रुपैयाँ बराबरको हतियार खरिदमा एफ ३५ युद्धक विमान, मानवरहित यान प्रणालीलगायत रहेको जनाइएको छ ।-तस्वीर स्रोतः एपी



प्रतिक्रिया दिनुहोस्