Logo

सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल



काठमाडौं, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद कृष्णभक्त पोखरेलले सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारको निन्दा गरेका छन् । उनले उक्त घट्नालाई आफूहरुले दुःखद् घट्नाको रुपमा लिएको स्पष्ट पारे । नेता पाण्डेले हिजोको सम्बोधनमा कुनै नेतामाथि लक्षित गरेर आरोप नलाईकन बोलेकोमा अकस्मात पाण्डेविरुद्ध हल्ला गरिनु दुःखद् भएको पनि उनको भनाई छ ।

उनले हिजोको घट्ना दोहोरिन नदिनको लागि नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीभित्र विधिभन्दा माथि कोही पनि व्यक्ति नरहेको जिकिर गरे । अहिले केन्द्रमा देखिएको विवादलाई छलफल, बैठकमार्फत समाधान गर्नुपर्ने सुझाव दिए । उनले भने,‘हामीलाई एकताबद्ध भएर जनतामा जानु र समृद्धिको यात्रा गर्नुबाहेक अर्को अधिकार छैन् । त्यसैले सबै संयमित भएर अघि बढ्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्