Logo

कोरोनाविरुद्ध सरकारको कदम कति प्रभावकारी ? डा. पुनसँग पत्रकार धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, ७ मंसिर । शुक्रराज ट्रपिक तथा सुरुवा रोग अस्पताल, टेकुका सरुवा रोगविशेषज्ञ डा. शेरबहादुर पुनले अहिले जाडो महिना सुरु भएकोले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कोरोना रोकथाम तथा नियन्त्रणबारे सरकारले चालेको कदम कति प्रभावकारी छ ? भनेर सोधेको प्रश्नमा डा. पुनले भने,‘पछिल्लो समयमा जुन संख्याहरु बढ्दैछ, यसमा विशेषगरि कन्ट्याक्ट ट्रेसिङ गर्ने काम एकदमै कम छ भन्ने सुनिएको छ, त्यसले गर्दा अहिले जुन संक्रमितहरुको संख्या बढ्दै जाँदाखेरि, यहाँ त धेरैजसो मानिस आँफै गएर परीक्षण गरिराखेका छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot