Logo

१० वर्षीया बालिका बलात्कृत



कैलाली,७ मंसिर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चुरे गाउँपालिका–१ का लाले घर्तीथापा शनिबार दिउँसो पक्राउ परेका हुन् ।

थापाले ती बालिकालाई सोही ठाउँस्थित नाकखेलेढुंगा जंगल हुँदै गइरहेको अवस्थामा एक्लै पारी जबरजस्ती करणी गरेको सुचनाको आधारमा प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्