Logo

मोहन बैद्यको टिप्पणी : ओली–प्रचण्डको टक्कर बढ्दै गएको छ, फुट र जुट के हुन्छ भनेर भन्न सकिँदैन (भिडिओसहित)



काठमाडौं, ८ मंसिर । कम्युनिष्ट आन्दोलनका शीर्ष नेता मोहन बैद्य ‘किरण’ ले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद आ–आफ्नो ईगो र अहमका कारण सिर्जना भएको दाबी गरेका छन् । उनले नेकपाभित्रको विवाद सैद्धान्तिकभन्दापनि आन्तरिक कलहमात्रै भएको पनि टिप्पणी गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवादबारे आफूले टिप्पणी नगर्ने बैद्यको भनाई छ ।

उनले भने,‘उहाँहरुमा सिद्धान्तका कुरा छैनन् । मिल्दापनि सिद्धान्तका कुरा थिएनन् । त्यतिकै मिल्नुभएको हो । हिसाबकिताब कता कता हो ? कुराहरु मिले, मिल्नुहुन्छ । फुट्दा फाईदा छैन् । यो हिसाबले हेर्दा मिल्नपनि सक्नुहुन्छ । आन्तरिक कलह चुलिँदै गैरहेको अवस्थामा आँकलन गर्न वा ठ्याक्कै भन्न गाह«ो छ ।’ प्रचण्डले चालेका सबै कदम राम्रा छन् वा अरुको कदम नराम्रा छैनन् ? भन्ने खालको कुरा नभएको पनि उनले स्पष्ट पारे ।नेता बैद्यसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्