Logo

चन्द्रमाको चट्टान लिन उड्यो चीनको अन्तरीक्षयान



एजेन्सी, ९ मंसिर । चीनले चन्द्रमाको चट्टान लिन अन्तरीक्षयान प्रक्षेपण गरेको छ । चाङ इ नामको उक्त यान आज विहान प्रक्षेपण गरिएको हो ।

यानले ४० वर्षपछि पहिलोपटक चन्द्रमाबाट चट्टान ल्याउने अपेक्षा गरिएको छ । यसअघि रुस र अमेरिकाले चार दशकअघि यस्तै यान पठाएर चट्टानको नमूना ल्याएका थिए ।

मानवरहित यान ८.२ टन तौलको छ । चीनले पछिल्लो समय अन्तरीक्षको अन्वेषणमा निकै लगानी गर्न थालेको छ । उसले चन्द्रमा र मङ्गल ग्रह दुवैमा मानवसहितको यान पठाउने तयारी गरिरहेको छ ।-तस्वीर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्