Logo

कोरोना संकटमा महात्मा विदुरका यी कुरा याद राख्नुहोस्



कठिन समयमा हामी आफै कसरी बच्न र अरुलाई बचाउँन सक्छौ, यसको सम्बन्धको बारेमा वेद, पुराण, रामायण र महाभारतबाट केही राम्रा कुरा पढ्न सक्छौ । त्यसमा भएका राम्रा आचरणलाई अपनाएर कोरोनाकालमा पनि आफुलाई सुरक्षित राख्न सक्छौ । किनकी यो समयमा मानिसहरुले स्वास्थ्य, अर्थ र सम्बन्धमा संकट झेलिरहेका छौ । यो समयमा महात्मा विदुरको ५ कुरा याद राखौ ।

विपरित परिस्थितिमा हुन्छ योग्यताको परिक्षाः संसारमा ६ सुख प्रमुख छन् । धन सम्पत्ति, स्वास्थ्य, वशमा रहने छोरा, मिठो बोल्ने श्रीमती, विद्या र मायालु श्रीमती । यसको लागि संयमित भएर प्रेमपुर्ण तरिकाले प्रयास गर्नुपर्छ ।

काम क्रोध र लोभ यी ३ प्रकारका नरक लैजाने मार्ग हुन् । यसैले सधै यसबाट टाढा हुनुपर्छ ।

ईष्र्या, अरुलाई घृणा गर्ने मानिस, असन्तुष्ट, क्रोधित हुने मानिस, शंकालु र पराश्रित । यी ६ प्रकारका व्यक्ति सधै दुखी हुन्छ । त्यसैले ईष्र्या गर्नुको सट्टा स्वस्थ र सकरात्मक प्रेरणा लिएर काम गर्नुपर्छ । असन्तुष्ट हुनुको सट्टा सन्तोष कसरी प्राप्त हुन्छ त्यसको बारेमा सोच्नु पर्छ । क्रोधित र शंकालु हुनाले सम्बन्ध टुट्ने सम्भावना हुन्छ । अतः विश्वास गर्न सिकौ । केही प्रति आसक्ति नराखौ । प्रत्येक व्यक्तिलाई उसको तरिकाले स्वतन्त्र रहन दिनुपर्छ ।

मानिस एक्लै पाप गर्न सक्छ र धेरै मानिसहरुले त्यसको फाइदा उठाउँन सक्छन् । फाइदा लिने त सधै बच्छ तर पाप गर्ने दोषको भागिदार हुन सक्छ । त्यसको भुक्तान आफैले गर्नुपर्छ । तसर्थ पाप गर्नबाट जोगिनुपर्छ ।

पिता, माता, आगो, आत्मा र गुरु । यी पाँच ठुला रत्नको सधै सेवा गर्नुपर्छ । यदि उनीहरुलाई सम्मान वा सेवा नगरेमा मानिसलाई पछुतो हुनेछ । आत्मा अर्थात आफ्नो सेवा गर्नुको अर्थ हो शरीर तथा मनलाई स्वस्थ्य राख्नु । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्