Logo

भारतमा फैलियो ओवेसी नेतृत्वको मुस्लिम दलको प्रभाव



एजेन्सी, ९ मंसिर । भारतमा असद्धुद्धिन ओवेसी नेतृत्वको मुस्लिम दलले प्रभाव विस्तार गर्दै लगेको छ । दक्षिण भारतमा मुस्लिम बाहुल्य क्षेत्रमा पकड बलियो रहेको अल इन्डिया मजलिस इत्तिहाद उल मुस्लिमिन पार्टीले उत्तर भारतमा समेत प्रभाव विस्तार गरेको हो ।

विहार विधानसभा चुनावमा ओवेसीको दलले पाँच सिट जितेपछि सबैको चासो बढेको हो । विगतमा अधिकांश मुस्लिम समुदायले कँग्रेस आईका अलावा क्षेत्रीय दललाई मत दिदै आएकोमा यसपटक ओवेसी नेतृत्वको दललाई मत दिएपछि तरंग आएको छ ।

भारतको कुल जनसंख्याको १४ प्रतिशत मुसलमान छन् । उनीहरु हिन्दु बाहुल्य देशमा अल्पमतमा रहेको समुदायमा पर्छन् । पछिल्लो समय हिन्दुवादी भारतीय जनता पार्टीको प्रभाव बढ्दै गएपछि मुसलमान समुदायले आफ्नो बलियो दलको खोजी गरे । उनीहरुले ओविसीलाई विश्वास बढी गर्न थालेको देखिएको छ ।

भारतको ५४३ सदस्यीय लोकसभामा २७ जनामात्र मुसलमान छन् । ५१ वर्षीय ओवेसी पनि लोकसभाका सांसद हुन् । हैदरावादको लोकसभा सिटबाट उनी चारपटक विजयी भइसकेका छन् । ओवेसी कडा अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् ।



प्रतिक्रिया दिनुहोस्