Logo

उपत्यकामा लकडाउन होला ?



काठमाडौं, ९ मंसिर । चीसो बढेसँगै निमोनियाको संक्रमण पनि बढेपछि कोरोना भाइरसको महामारी झन् खतरनाक बन्ने सम्भावनालाई दृष्टिगत गरी सरकारले आवश्यक कदम चाल्ने तयारी गरेको छ । यसका लागि सम्बन्धित निकायमा छलफलहरु तिव्र भएको छ ।

आज कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी सीसीएमसीको बैठक सिंहदरबारमा बसेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले विभिन्न क्षेत्रबाट आएको सुझावहरुबारे छलफल गरेको हो ।

यसअघि उपत्यकाको मेयरहरुको संस्था मेयर्स फोरमले लकडाउन गर्नुपर्ने सुझाव उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जल्ला अधिकारीहरुलाई दिएका थिए । उनीहरुले लिखित प्रस्ताव समेत गरेका थिए । यसबारे पनि सीसीएमसीमा छलफल भएको बुझिएको छ ।

उपत्यकाका मेयरहरुले कम्तिमा दुई देखि तीन हप्ता लकडाउन गरेर कोरोना परीक्षण गर्न सुझाव दिएका थिए । परीक्षण गरेर जोखिम कम गर्ने उपायबारे समेत सुझाव दिएका थिए । सरकारले पछिल्लो अवस्था र तथ्यांक हेरेर थप निर्णय गर्ने बुझिएको छ ।

उपत्यका कोरोना भाइरसको हटस्पट बनेपछि केही समय लकडाउन गर्नेबारे समेत छलफल भएको बुझिएको छ । तर, त्यसबारे अहिले नै टुंगो लगाइहाल्नेमा सरकार नभएको बुझिएको छ । पुष र माघमा बढी जाडो हुने र उक्त समयमा कडाई गर्ने सरकारको तयारी रहेको विश्वस्त स्रोतले बताएको छ ।-फाइल तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्