Logo

नेकपाभित्रको विवादबारे महेश बस्नेत : पार्टी एकताको प्रक्रियामा जान्छ



काठमाडौं, १० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छोड्छु भनिरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालले ओलीले दुईमध्ये एक पद छोड्नुपर्छ भनेर माग गरेको कुरा आफूले नबुझेको टिप्पणी गरेका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘केपी ओलीले के भन्नुभएको छ भने आउँदा महाधिवेशन चार महिनापछि चैत्रमा गरिँदैछ । त्यसपछि म अध्यक्षको दाबेदार होईन । दुई वर्षपछि संसदीय निर्वाचन हुन्छ, त्यसपछाडि म प्रधानमन्त्रीको दाबेदार होईन् भनेर मलाई लाग्छ, नेपालको राजनीतिमा एक कार्यकालभन्दा अधयक्ष र दुई कार्यकालभन्दा बढि प्रधानमन्त्री खान्न भनेर हिम्मत गर्ने नेता केपी ओलीमात्रै हो ।’

नेता बस्नेतले अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले ओलीलाई दुईमध्ये एक पद छोड्न लगाउने भनेर माग गरेको आफूलाई थाहा नपाएको जिकिर गरे । उनले नेकपा जसले विभाजनको तयारी गरेपनि तिनीहरु जनताको सामू नाँग्गिने बताए । उनले महाधिवेशनको लागि चार महिनापनि कुर्न नसक्ने भनेर किन नेताहरुलाई हुटहुटी लागेको हो ? भन्दै प्रश्नसमेत तेर्साए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्