Logo

‘बोक्सीको घर’ फिल्म बन्दै



काठमाडौं, १० मंसिर । ४ वर्ष अगाडी मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा चलचित्र निर्माण हुने भएको छ । २०७३ मा सरीता गिरीको एकल अभिनय रहेको नाटकलाई सुलक्षण भारतीले लेखन र निर्देशन गरेका थिए । यसै कथालाई अब केकी अधिकारी फिल्मस्ले फिल्म निर्माण गर्ने भएको छ ।

फिल्ममा केकी अधिकारी र गौरव पहारीले लिड रोलमा अभिनय गर्नेछन् । भारतीको लेखनमा निमार्ण हुन लागेको फिल्मलाई सुव्रतराज आचार्य र सुलक्षण भारती आफैले निर्देशन गर्ने भएका छन् ।

डेढ महिनादेखि फिल्मको वर्कसप र प्रि–प्रोडक्सनमा लागेको निर्माणपक्षले जनाएको छ । लामो समयको वर्कसपपछि फिल्मको सुर्टिङतिर लाग्ने जनाइएको छ । अन्य कलाकारहरुको छनोट अडिसनबाट गर्ने फिल्म निर्माणपक्षले जनाएको छ । यस फिल्मलाई वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्ने भएका छन् । कार्यकारी निर्माता भने विशाल भण्डारी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्