Logo

‘इश्वरको हात’ ले गरेको म्याराडोनाको त्यो गोल



फकल्याण्ड टापूका लागि बेलायत र अर्जेन्टिनाबीच सन् १९८२ मा युद्ध भयो । फकल्याण्डमाथि दाबी जनाएको अर्जेन्टिनाले टापुमा कब्जा जमाएलगत्तै बेलायतले बल प्रयोग गरेर अर्जेन्टिनेली सेनालाई धपाएको थियो । युद्धपछि दुई देशबीचको सम्बन्ध तनावग्रस्त थियो ।

त्यही बखत अर्जेन्टिना र इंग्ल्याण्ड विश्वकप फुटबलमा भिड्ने अवस्थामा पुगे । विश्वकै ध्यान खिच्ने गरी क्वार्टरफाइनलमा दुवै देश भिड्दाको अवस्था विशेष महत्वको हुने अपेक्षा गरिएको थियो । २२ जून सन् १९८६ मा मेक्सिको सिटीस्थित एजटेक रङ्गशालामा इंग्ल्याण्डविरुद्ध अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनल खेलिरहेथ्यो । दर्शकले खचाखच भरिएको रङ्गशालामा दुवै देशका समर्थकहरुको एकोहोरो हुटिङ्गले वातावरणलाई तरङ्गित पारिरहेथ्यो । पहिलो हाफ गोलरहित बराबरी रह्यो । खेलको ५१ औं मिनेट अर्थात् दोस्रो हाफको छैठौं मिनेटमा ५ फुट ५ इन्च उचाईका म्याराडोना उपिू्रmएर हेड हान्न बढे । ६ फिट एक इन्च अग्ला गोलकिपर पिटर सिल्टन हेड हान्नु अगावै बललाई रोक्न दौडिए । आफूभन्दा आठ इन्च अग्ला सिल्टनलाई माथ खुवाउँदै म्याराडोनाले गोललाई पोष्टको दिशा दिए ।

रेफ्रीले गोलको संकेत गर्दै सिठी बजाउनु अघि नै म्याराडोना गोलको खुशियाली मनाउँदै दौडिए । लगत्तै रेफ्री अलि बेन नासिरले गोलको संकेत गरे । इंग्ल्याण्डका गोलकिपर पिटर सिल्टनले विरोध जनाए तर रेफ्रीको निर्णय उल्टिएन । गोल म्याराडोनाको हेडबाट नभई हातबाट भएको थियो । सायद लाइनस्म्यान र रेफ्रीले समेत देखेनन् ।

पहिलो गोलको ४ मिनेट नबित्दै म्याराडोनाले इंग्ल्याण्डका पाँच खेलाडीलाई छलाउँदै एकल प्रयासबाट गोल गरे । म्याराडोनाको दुवै गोलको मद्दतले अर्जेन्टिनाले इंग्ल्याण्डमाथि २–१ को जीत हासिल ग¥यो । विश्व फुटबल जगत्मा भएका सबै गोललाई ओझेलमा पार्नेगरी भएको हाते गोलले म्याराडोनालाई चर्चाको चुलीमा पु¥यायो । हातबाट भएको गोलबारे सोधिएको प्रश्नमा उनले भने– अलिअलि टाउकोले र अलिअलि इश्वरको हातले । खेलपछि अर्जेन्टिनाका कप्तान म्याराडोनाले इंग्ल्याण्डविरुद्धको जीतलाई फकल्याण्ड टापुको युद्धसँग जोडेर विवादास्पद अभिव्यक्ति दिए । अर्जेन्टिनेलीले इंग्ल्याण्डविरुद्ध युद्धमा पराजित हुनुपरेपनि खेलमा प्राप्त जीतले विजयको स्वाद लिए । फुटबलबाट राष्ट्रियताको भावना जगाउने देखि अति राष्ट्रियताको विवादास्पद प्रतिक्रिया देखाउनेमा अर्जेन्टिनेलीहरूले परिचय बनाए ।

सन् १९८६ को विश्वकपको महत्व म्याराडोनाको भनाईमा ‘‘इश्वरको हात’’ अर्थात् ‘‘ह्याण्ड अफ गड’’ बाट भएको गोलका कारण स्मरणीय रह्यो । म्याराडोनाको विश्वकप जस्तै बन्नपुग्यो । उनको जादूमयी फुटबल र एकल प्रयासहरुबाट भएका गोलबाट अर्जेन्टिनाले विश्वकप जित्यो । होचो कदका खेलाडीले विशिष्ट उचाई बनाए ।



प्रतिक्रिया दिनुहोस्