Logo

तनाव बढ्दै गएपछि चार बुँदे सहमति



जनकपुरधाम, मंसिर ११। महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको घटनाले उग्र रूप लिएको छ । मंगलबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बर्दिवास–१ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबरले बुधबार फेरि आन्दोलन चर्किएको हो ।

बर्दिबास चोकमा प्रदर्शन गरिरहेकाहरूलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागी न्यौपाने गम्भीर घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट काठमाडौं लगिएका न्यौपानेको मंगलबार राति मृत्यु भएको खबर पाएलगत्तै बुधबार बिहानैदेखि स्थानीयवासी पुनः प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गराएका छन् भने सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएका छन् ।
प्रहरी जवान अर्जुनप्रसाद बानियाँको बियरको बोतलले लागी चिउँडोमा काटेको र अर्का एक प्रहरीको घुँडामा चोट लागेको छ । उनीहरूको उपचार बर्दिवासस्थित अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिएका छन् ।

निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीमाथि ढुंगा र खाली बियरका बोतलले प्रहार थिए । आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यारालाई कडा कारबाहीको माग गर्दै बर्दिबासमा आन्दोलन चर्किएको हो ।

निषेधाज्ञापछि पनि अन्दोलन नरोकिएपछि महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्