Logo

भारतका विदेशसचिव आज नेपाल आउँदै



काठमाडौं, मंसिर ११। भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत आज काठमाडौआउँदै छन् । उनी अहिले बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ विमानस्थलमा उत्रने कार्यक्रम रहेको छ ।

नेपाल आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहके । साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च नेतासँग भेट गर्नेसमेत जनाइएको छ ।

भ्रमणकै क्रममा उनले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गर्नेछन् । उनी १२ गते स्वदेश फर्कनेछन् ।



प्रतिक्रिया दिनुहोस्