Logo

भारतीय विदेश सचिव श्रृंगल आउँदै, के के छ एजेन्डा



काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगल नेपाल भ्रमणमा आउँदैछन् । दुई दिने नेपाल भ्रमणमा आज आउने श्रृंगलको यो भ्रमण दुई देशबीच सीमा विवादपछि अहिलेसम्मकै उच्च तहको हुनेछ ।

भारतले द्विपक्षीय सम्बन्धमा संवादमा जोड दिएपछि विदेश सचिव श्रृंगल नेपाल आउन लागेका हुन् । श्रृंगल र समकक्षी परराष्ट्रसचिव भरतराज पौडेल नेतृत्वको टोलीबीच छलफलको एजेन्डा प्रस्तुत हुने बुझिएको छ । नेपालले सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग प्रस्ताव राख्ने बुझिएको छ ।

दुई देशबीच थाती रहेका कतिपय समस्या र अगाडि बढाउनुपर्ने जलविद्युत र वाणिज्यसम्बन्धी विषय पनि छलफलमा प्रस्तुत हुनेछ । परराष्ट्र सचिवस्तरीय बैठकपछि वाणिज्यलगायत अन्य क्षेत्रमा पनि सचिवस्तरीय बैठक बस्ने बताइएको छ ।

श्रृंगलको भ्रमणलाई भारतीय पक्षले संवाद अगाडि बढाउने र द्विपक्षीय सम्बन्ध बलियो बनाउने अवसरका रुपमा लिएको जनाएको छ । यसअघि भारतका गुप्तचर प्रमुख सामन्त गोयल र सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाल भ्रमण गरिसकेका छन् । श्रृंगलको भ्रमणपछि नेपालबाट पनि भ्रमण हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्