Logo

स्वर्गमा म्याराडोनासँगै फुटबल खेल्ने पेलेको विश्वास



एजेन्सी, ११ मंसिर । फुटबलका महान खेलाडी डियगो म्याराडोनाप्रति सँसारभरबाट श्रद्धाञ्जली व्यक्त भएको छ । ६० वर्षको उमेरमा हृदयघातबाट गएराति निधन भएपछि म्याराडोनाप्रति फुटबलका पूर्व तथा हालका खेलाडीहरुले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

फुटबलका अर्का महान खेलाडी पेलेले म्याराडोनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनी आफ्नो मित्र भएको सुनाए । ८० वर्षीय पेलेले भने, ‘मलाई विश्वास छ हामी स्वर्गमा सँगै फुटबल खेल्नेछौं ।’ पेलेले आफूले महान साथी गुमाएको र विश्वले लेजेन्ड गुमाएको बताए ।

पेले र म्याराडोना संयक्त रुपमा इतिहासकै महान खेलाडी घोषित भएका थिए । दुवै सामान्य पारिवारिक पृष्ठभुमिका हुन् । म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाएका थिए । पेलेले तीनपटक ब्राजिललाई विश्वकप जिताएका थिए ।



प्रतिक्रिया दिनुहोस्