Logo

विरामी छोरी लिएर काठमाडौं आउँदै गर्दा भ्यान त्रिशुलीमा खस्दा बाबु पौडेर बचे, आमा र चालकको मृत्यु



चितवन, ११ मंसिर । पिकअप भ्यान त्रिशुली नदीमा खस्दा चालकसहित दुईजनाको मृत्यु भएको छ । चितवनस्थित इच्छाकामना गाउँपालिका ४ मा पर्ने पृथ्वीराजमार्गको खण्डमा भ्यान विहान साँढे पाँच बजे खसेको थियो ।

प्युठानबाट विरामी लिएर काठमाडौं जाँदै गरेको भ्यान नाग्दी खोला नजिकै त्रिशुली नदीको ६० मिटर माथिबाट खसेको थियो । घटनामा चालक सुर्य केसी र यात्रु जमुना रोक्काको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा अर्का यात्रु मुकुन्दबहादुर रोक्का नदीबाट पौडेर बाहिर निस्केका थिए । छोरीको उपचारका लागि पत्नी जमुना रोक्कासहित उनी पिकअप भ्यान रिजर्भ गरेर आकस्मिक रुपमा काठमाडौं आइरहेका थिए । घटनामा जिनिसा वेपत्ता छिन् ।

सशस्त्रको गोताखोरले दुईजनाको शव निकालेको थियो । जिनिसाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्