Logo

जर्मनीमा २० डिसेम्बरसम्म लकडाउन बढाइयो



एजेन्सी, ११ मङ्सिर। विश्वभर बढ्दो कोरोना त्रासका बीच जर्मनीमा २० डिसेम्बरसम्मका लागि आंशिक लकडाउन बढाइएको छ । यसैगरी सामाजिक सम्पर्कलाई लिएर जारी प्रतिबन्धलाई जनवरीसम्म बढाउन सकिने बताइएको छ ।

फेडरल स्टेटका मिनिस्टर–प्रेसिडेन्टका साथ भएको मिटिङ पछि भर्चुअल कन्फरेन्समा चान्सलर एन्जेला मर्केलले यो कुराको जानकारी दिएकी हुन् ।

उनले भनिन्, यदि कोराना संक्रमणको संख्यामा कमी नआएमा हामीले प्रतिबन्धलाई जनवरीको सुरुवातसम्म बढाउन सक्ने विषयमा चर्चा भएको छ ।

जर्मनीमा हालसम्म करिब ९ लाख ८३ हजार संक्रमणका घटना सार्वजनिक भइसकेका छन्। जबकि १५ हजार मानिसहरुले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।

विश्वभरमा हालसम्म ६ करोड ७ लाख भन्दा अधिक मानिसहरु संक्रमित भइसकेका छन् । तीमध्ये करिब ४ करोड २० लाख मानिसहरु ठीक भइसकेका छन्, जबकि १४ लाख २६ हजार मानिसहरुले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्