Logo

लागुऔषध सहित पक्राउ



काठमाडौं, ११ मंसिर । प्रतिबन्धित लागुऔषध सहित एक पुरुष पक्राउ परेका छन् । धरान उपमहानगरपालिक–१५ गणतन्त्रमार्गका रवि तामाङ(लामा)लाई प्रतिबन्धित लागुऔषध एकसय एमएलको १६ बोतल डाइलेक्सडिसी, १ बोतल खाली डाइलेक्सडिसी, ८४ क्याप्सुल स्पास्मो प्रोक्सिभोन प्लस र १४ ट्याब्लेट नाइट्रोसन सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

रविले आफ्नै घरमा लागुऔषध सञ्चय गरी विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कार्टुनमा लुकाई राखेको उक्त लागुऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको बताएको छ । रविलाई लागुऔषध कसुर अन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्