Logo

खैरो हेरोइनसहित पक्राउ



कैलाली, ११ मंसिर । लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–२ बस्ने २४ वर्षीय दिलिप ढकाल र सोही ठाउँ बस्ने २८ वर्षीय जनक रोकायालाई १ ग्राम ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २३ हजार ४ सय २५ रुपैयाँ सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

ढकालको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्