Logo

‘पठान’ मा शाहरुख खान ४५ प्रतिशत हिस्सेदारी



एजेन्सी, ११ मंसिर । बलिउडका बादशाह शाहरुख खानका शुभचिन्तकहरु खुशी भएका छन् । किंग खान २ वर्षपछि फिल्मको सुर्टिङमा फर्किएका छन् । फिल्म पठानको उनी बिना लगानी हिस्सेदार बनेका छन् ।

यशराज फिल्म्सले निर्माण गरेको पठानमा पैसा पानी जस्तै बगाइएको छ । यसमा दीपिका पादुकोण र जोन अब्राहम जस्ता स्टारको पनि अभिनय रहेको छ । दीपिकाले १५ करोड र जोनले २० करोड रुपैयाँमा हस्ताक्षर गरेका छन् । यी दुईले पनि चाडैनै पठानको सुर्टिङ गर्ने खबर बाहिर आएको छ ।

शाहरुख खानले लिने फि बाहेक फिल्मको नाफाबाट ४५ प्रतिशत लिने सहमती चएको समाचार बाहिर आएको छ । अर्थात फिल्मले १ सय करोड रुपैयाँ कमाएमा ४५ करोड रुपैयाँ शाहरुख खानले लिनेछन् । शाहरुख, आमिर र सलमान खान पछिल्लो समयमा यहि सुत्र अनुसार चलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्