Logo

एक हजार करोडका प्रभासका ३ फिल्म



एजेन्सी, ११ मंसिर । बाहुबली सिरिजको एतिहासिक सफलतापछि प्रभासको निकै प्रंसशा भएको थियो । फिल्मको सफलतापछि उनी दक्षिण भारतका मात्र नभएर पुरै भारतका स्टार कहलिएका थिए । बाहुबलीले जुन तरिकाले बक्स अफिसमा कलेक्सन धेरै गरेसँगै फिल्म निर्माताहरुले प्रभासमाथि करोडौ रुपैयाँ लगानी गर्न थाले ।

प्रभास हाल तीन फिल्ममा काम लागेका छन् । उनका यी तीन फिल्ममा १ हजार करोड रुपैयाँ बजेट लाग्ने भएको छ । ‘राधेश्याम’ फिल्मको सुर्टिङ पछिल्लो दिनमा विदेशमा भएको थियो । यस फिल्ममा प्रभाससँग पुजा हेगडे पनि छिन् । यो फिल्मको बजेट २५० करोड रुपैयाँको हो । यो फिल्म २०२१ मा रिलिज हुनेछ ।

अजय देवगनलाई लिएर निर्देशक ओम राउतले ‘आदिपुरुष’ निर्माण गरिरहेका छन् । यो फिल्मको बजेट ४५० करोड रुपैयाँ हो । मेगास्टार अमिताभ बच्चन र दीपिका पादुकोणको साथमा प्रभासको एक फिल्म पाइपलाइनमा रहेको छ । यस फिल्मको बजेट ३ सय करोड रुपैयाँ हो । यी तीन फिल्मको कुल बजेट १ हजार रुपैयाँ हो । प्रभासको सुपर स्टारडमा निर्माण हुन लागेका ३ फिल्म यति धेरै लगानी हुने फिल्म भारतमा आहिलेसम्म नबनेको जानकारहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्