Logo

के अक्षय कुमारलाई लिएर बन्ला त ‘राउडी राठौर २’



एजेन्सी, ११ मंसिर । अक्षय कुमारलाई लिएर फिल्म निर्माता संजय लीला भन्सालीले राउडी राठौर नामको फिल्म २०१२ मा बनाएका थिए । यो फिल्म २००६मा रिलिज भएको तेलुगु फिल्म ‘विक्रमारकुडु’ को अफिसियल हिन्दी रिमेक थियो । राउडी राठौरले बक्स अफिसमा धमाकेदार सफलता हासिल गरेको थियो ।

पछिल्लो समयमा राउडी राठौरको सिक्वल ‘राउडी राठौर २’ बन्ने चर्चा बलिउडमा चलेको छ । केही मानिसहरुले त फिल्मको पोस्टर बनिसकेको पनि बताउँदै आएका छन् । फिल्मलाई निर्देशन प्रभुदेवाले गरेका थिए । उनले अब सिक्वल बनेमा पनि अक्षय कुमारसँग नै काम गर्ने बताउँदै आएका छन् । राउडी राठौर रिलिज भएको ८ वर्ष पूरा भइसकेको छ, यद्यपि हालसम्म कुनै हलचल भएको छैन् ।

बलिउडको खबर अनुसार, राउडी राठौरको सिक्वल आउने सम्भावना धेरै कम छ । निर्माता र निर्देशक तयारी अवस्थामा भएपनि राम्रो स्क्रिप्ट नपाएका कारण अगाडी बढ्न सकेका छैनन् । राम्रो स्क्रिप्ट नपाएकै कारण राउडी राठौरको सिक्वल बन्न नसकेको निर्माणपक्षले जनाएको छ ।

निर्माता संजय भन्साली राम्रो काम गर्ने निर्देशकको रुपमा चिनिन्छन् । अक्षय कुमार र भन्सालीको राम्रो सम्बन्ध छ । राउडी राठौर पछि गब्बर इज बैकमा पनि काम गरेका थिए । भन्सालीको फिल्म पद्यावतको लागि अक्षयले आफ्नो फिल्म पैडमैनको रिलिज अगाडी बढाएका थिए ।



प्रतिक्रिया दिनुहोस्