Logo

जुकाले शरीर चुसाउने यी महिला



मानिसहरुले अत्यधिक बढेको तौल घटाउने तरिकाको बारेमा त सुनेका छौ । कसैले व्यायाम गरेर तौल घटाउने कोशिश गरेका हुन्छन भने कसैले डाइटिङ गर्छन् । तर, लन्डनकी एक महिलाले तौल घटाउँने तरिका अपनाएको देखेर मानिसहरु दंग परेका छन् । यी महिलाले आफ्नो तौल घटाउन घाँटीमा जुका राखेर घन्टौसम्म चुसाउँछिन् ।

लन्डन निवासी यी महिलाको नाम एलेक्स बोगातिरिवो हो । एलेक्स आफ्नो पाल्तु जुँकालाई शरीरमा घन्टौसम्म टासेर राख्छिन् । उनले जुकालाई रगत चुसाउँदा ७५ किलो तौल कम भएको दाबी गर्दै आएकी छिन् ।

उनले जुकालाई अनुहारमा लगाउँछिन् । एलेक्सले शरीरमा जुकालाई चुसाउँदा मानिसको अनुहार पनि जवान देखिने बताउँछिन् । उनले जुकाले दाँत पनि बलियो बनाउने उनको भनाई छ । एलेक्सले जुकाको कारण आफुले नयाँ जिन्दगी मिलेको प्रतिक्रिया दिएकी छिन् । उनको अनुसार जुकालाई रगत चुसाउँदा शरीरबाट विषालु तत्व निस्कन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्