Logo

नेकपा विवादबारे रिजालको टिप्पणी : ‘हामीले होईन भनेपनि लुकेको केही छैन’



काठमाडौं, ११ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभागका उपप्रमुख विष्णु रिजालले पार्टीभित्र उठेका प्रश्नहरुलाई एकै ठाउँमा राखेर पढ्दा र बुझ्दा सजिलो हुने बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावलाई प्रकाशन गरी तल्लो तहमा पठाएपछि यसको पक्ष र विपक्षमा टिप्पणी आइरहेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन् । उनले लेखेका छन्,‘हामीले ‘हामीले ‘होइन’ भने पनि लुकेको केही छैन । नेकपाभित्र चलेको विवाद र उठेका प्रश्नहरूलाई एकै ठाउँमा राखेर पढ्दा बुझ्न सजिलो नै हुन्छ । खाना पचेन र पेट हुँडलियो भने बान्ता गरेपछि हलुंगो हुन्छ । आशा गरौं- पार्टीमा पनि परिस्थिति सम्हालिनेछ ।”



प्रतिक्रिया दिनुहोस्